सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १४:१८ 
  • बैतडी, ९ कात्तिक । बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो। खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।

    खोप अभियानअन्तर्गत आज र भोलि पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए। यस्तै कात्तिक १० र ११ गते शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाइनेछ।

    यस्तै कात्तिक ११ र १२ गते पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ। कात्तिक १४ र १५ गते सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

    प्रत्येक वडाका खोप केन्द्रमार्फत खोप लगाउन तथा जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरिएको छ। खोप लगाउन जाँदा भेरोसेल खोपको पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा लैजान भनिएको छ। बैतडीमा हालसम्म ६१ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ। कोरोनाकै कारण यहाँ एक स्वास्थ्यकर्मीसहित १८ जनाको ज्यान गइसकेको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.