सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १४:०५ 
  • काठमाडौँ, २४ असोज । हिन्दूहरुको महान चाड वडादसौंको उपलक्ष्यमा तारकेश्वर नगरपालिका–५ धितालथोकमा एक दिने ‘निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान’ कार्यक्रम सम्पन्न भएको छ ।

    सुडी समाज युवा उपसमिति काठमाडौं, गाउँघर हेल्थ केयर सेन्टर, किवनिज क्लब अफ वाग्मती र नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टरको समन्वयमा लायन्स क्लब अफ काठमाडौंद्वारा आयोजित सो शिविरमा १२५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा ३५ जनाले रक्तदान गर्नुभएको थियो ।

    शिविरमा नाक, कान, घाँटी, छाला तथा यौन रोग, जनरल फिजिसियन सेवा, मधुमेह ९सुगर०, थाइराइड र रक्तचापका जाँच गरिएको थियो भने केही औषधीसमेत निशुल्क वितरण गरिएको थियो ।

    सो अवसरमा सुडी समाज काठमाडौंका अध्यक्ष एवम् दन्तरोग चिकित्सक अशोक महासेठले सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उललेख गर्दै हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता नागरिकका लागि शिविरले सहयोग पु¥याएको बताउनुभयो ।

    किवनिज क्लब अफ नेपालका गर्भनर एकराज पन्तले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.