सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ईपीएल : पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन फाइनलमा


  •    न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १२:३१ 
  • काठमाडौं,२० असोज । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको हो । शाहब र सागरले ४-४ विकेट लिँदा शाहाजदले अविजित रन बनाए ।

    बुधबार भएको पहिलो क्वालिफायरमा पोखराले दिएको ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

    चितवनको लागि ओपनर मोहम्मद शाहाजदले ४८ रन बनाए । जितका लागि ४ रन चाहिएको बेला ठूलो सट खेल्ने धुनमा शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड भए । उनले २६ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

    यस्तै पहिलो खेल खेलेका हासिम अन्सारीले १७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १३ रन बनाए । करिम जन्नमले अविजित ४ रन जोडे । उनले एक बल खेल्दै विजयी चौका प्रहार गरे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

    पहिलो क्वालिफायरमा पराजित भएपनि पोखरालाई फाइनल पुग्न अर्को मौका भने हुनेछ । आजै हुने भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ बीच हुने एलिमिनेटरको खेलको विजेतासँग पोखराले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।
    त्यसअघि सागर र शाहबले ४-४ विकेट लिएपछि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरभित्रै ६६ रनमा अलआउट भएको थियो ।

    चितवनका स्पीनरले ध्वस्त बनाएको पोखराको इनिङ्स

    पोखराले ४१ रन बनाउँदा १ विकेट मात्र गुमाएको थियो । तर चितवनका स्पीनर चम्किएपछि पोखराको इनिङ्स ध्वस्त हुँदा थप १९ रन जोड्न बाँकी ९ विकेट गुमायो ।

    पोखराका लागि ओपनर रिचर्ड लेभीले १९, सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    साहान अराचचिगे ३, कप्तान विनोद भण्डारी शून्य, असेला गुनारत्ने १, विवेक यादव २, लोकेश बम ५, विक्रम सोब ३ र नन्दन यादव शून्य रनमा आउट भए । किशोर महतो १ रनमा अविजित रहे ।

    पोखरालाई अलआउट गर्न चितवनका शाहब आलमले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए भने सागर ढकालले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । कप्तान सोमपाल कामीले ३ ओभरमा २४ रन खर्चेर १ र करिम जन्नतले २ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।

    पोखरालाई अर्को मौका

    पहिलो क्वालिफायरमा पराजित भएपनि पोखरालाई फाइनल पुग्न अर्को मौका भने हुनेछ । आजै हुने भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ बीच हुने एलिमिनेटरको खेलको विजेतासँग पोखराले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

    लिग चरणमा चितवन ५ मध्ये ४ खेल जित्दै ८ अंक जोडेर पहिलो र पोखरा ५ खेलबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा शीर्ष स्थानमा रहेको चितवनले त्यहीलाई कायम राख्दै क्वालिफायरमा पनि सहज जित हात पारेको हो ।

    एलिमिनेटर अन्तर्गत भैरहवा र काठमाडौंबीचको खेल आजै हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.