सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताइवानसँग तनाव चर्किरहेका बेला बाइडेन र सीबीच छलफल


  •    न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १२:१४ 
  • काठमाडौं,२० असोज । चीन र ताइवानबीच तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिङफिङसँग छलफल गरेका छन् ।

    बाइडेनले मंगलबार ताइवानबारे सीसँग छलफल गरेको जानकारी गराएका हुन् । ह्वाइट हाउसमा पत्रकारले ‘ताइवानमा चीनको उक्साहटपूर्ण’ व्यवहारबारे सोधेको प्रश्नको उत्तरु दिँदै बाइडेनले भने-‘मैले ताइवानबारे सीसँग कुरा गरेको छु’, ताइवान सहमतिलाई पालना गर्नेबारे हामी सहमत छौं र उनले समेत सहमतिबाहेक अन्य कुरा गर्न नहुने भनेर प्रस्ट बताएका छौं ।’

    चीनले सोमबार ताइवानी आकाशमा हालसम्मकै धेरै सैनिक जहाज उडाएको थियो । पछिल्लो चिनियाँ व्यवहारपछि बाइडेनले सीसँग यसबारे छलफल गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

    ताइवानले चीनको पछिल्लो व्यवहार उक्साहटपूर्ण भन्दै निन्दा गरेको छ । ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले बुधबार २०१५ सम्ममा चीनले आफ्नो मुलुकमा आक्रमण गर्ने तयारी गरेको चेतावनी दिएका थिए ।

    यसअघि ताइवानी राष्ट्रपति त्साई इङ वेनले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र लोकतन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिएकी थिइन् । वेनले फरेन अफेयर्समा एक लेख लेख्दै ‘लोकतन्त्र र आफूहरुमाथि खतरा उत्पन्न भए ताइवानले सबै उपाय अपनाएर आफूलाई रक्षा गर्ने’ प्रस्ट पारेकी छन् ।

    उक्त लेखको जवाफ दिँदै चीनको ग्लोबल टाइम्सले वेन र उनको दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानको लोकतन्त्रलाई ‘अतिवादी विचारधारा’मा परिणत गरेको जनाएको छ । ‘उनीहरुले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गरे भने उनीहरुको नियति विनाशकारी हुनेछ’, ग्लोबल टाइम्सले लेखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.