सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकी प्रदेशका मन्त्री थापासँग वन कर्मचारीका गुनासा


  •    न्युजभित्तो/१९ आश्विन २०७८, मंगलवार १३:३७ 
  • तनहुँ, १९ असोज । गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले सोमबार डिभिजन वन कार्यालय तनहुँले गरेका विकास निर्माणका कामको अवलोकन गर्नुभयो । साथै कार्यालयले आयोजना गरेको छलफलमा उहाँ सहभागी हुनुभयो । कार्यक्रममा डिभिजन वन र सबडिभिजन कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।

    कर्मचारीले परिचयका क्रममै आफ्ना गुनासा धमाधम राख्न थाले । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बजेट कटौतीले सहज रुपमा काम गर्न नसकिएको गुनासो पोख्नुभयो । “गत वर्षको भन्दा यस वर्ष बजेट न्यून छ कसरी काम गर्ने रु गत वर्षको योजनालाई कसरी निरन्तरता दिने ?”

    चितुवाबाट प्रभावित जिल्ला तनहुँमा चितुवा छोप्नै कठिनाइ तथा छोप्यो व्यवस्थापन गर्न समस्या छ । केही दिन अघि पनि एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । “आँखा देख्न सक्दैन तर स्वास्थ्यकर छ अहिले मासिक तेह्र÷चौध हजार खर्च हुन्छ बजेट छैन कसरी व्यवस्थापन गर्ने ?”, उहाँको भनाइ थियो ।

    त्यसैगरी डिभिजन प्रमुख काफ्लेले वन्यजन्तुबाट घरपालुवा जनावरमा आक्रमण गरी क्षति पु¥याउँदा प्रदान गरिने क्षतिपूर्ति अन्यायपूर्ण प्रक्रिया भएकाले जनताले राहत पाउने गरी व्यवस्था गरिनुपर्ने सुझाव राख्नुभयो । वन्यजन्तुको आक्रमणमा परी चारखुट्टे जनावरको मृत्यु भएमा राहत दिने तर दुईखुट्टे जनावरको मृत्यु हुँदा राहत नदिने व्यवस्था भएकाले नीति तथा कार्यनीतिमा समावेश गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

    त्यसैगरी सबडिभिजन कार्यालय बन्दीपुरका सहायक वन अधिकृत सुरेशकुमार भुजेलले मस्र्याङ्दी नदीको कटानले कार्यालय भवन धरापमा परेकाले त्यसलाई कसरी बचाउन सकिन्छ पहल गरिदिन अनुरोध गर्नुभयो । ऋषिङ सबडिभिजनका सहायक वन अधिकृत ताराबहादुर गुरुङले कार्यालयको भवन निर्माण भए पनि पानी जडान नहुँदा सास्ती भोग्नुपरेको गुनासो राख्नुभयो । व्यक्तिले अधिग्रहण गरेको करिब ५९ रोपनी क्षेत्रफल फिर्ता लिएर चाप, खयर, चिउरीलगायत बिरुवा लगाए पनि तारबार गर्ने बजेट नहुँदा बिरुवा जोगाउन कठिनाइ भएको गुनासो पोख्नुभयो ।

    त्यसैगरी भिमाद सबडिभिजनका सहायक वन अधिकृत महाप्रसाद ओझाले कार्यालयमा कर्मचारी अभाव हुँदा काम गर्न कठिनाइ भएकाले कर्मचारी दरबन्दीको व्यवस्था गरिदिन माग गर्नुभयो । देवघाट र भानुनगरपालिकामा पानी नहुँदा नर्सरीमा बिरुवा उत्पादन गर्न कठिनाइ भएकाले त्यसतर्फ बेलैमा ध्यान दिनुपर्ने बताइएको छ । कर्मचारीको गुनासो सुनेपछि मन्त्री थापाले गुनासा र सुझावलाई क्रमिक रुपमा सुधार तथा सम्बोधन गर्दै वन ऐनसम्बन्धी समस्यालाई निराकरण गर्न पहल गरिने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.