सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी


  •    न्युजभित्तो/१९ आश्विन २०७८, मंगलवार १३:१८ 
  • काठमाडौं,१९ असोज । यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि जापान ट्रष्ट फन्डको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित परियोजनाले लक्ष्यभन्दा दोब्बर सफलता हासिल गरेको छ।

    छ दशकभन्दा वढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिराखेको संघले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक र मकवानपुरमा सो परियोजना कार्यान्वयनमा ल्याइएको थियो। किशोरकिशोरी तथा महिलालाई यौन तथा प्रजनन स्वास्थ्य र एचआइभी सेवामा पहुँच पुर्‍याउने मुख्य ध्येयले सञ्चालित परियोजना यही महिनाबाट समाप्त हुँदैछ। परियोजनाले दुई वर्षका अवधिमा ७१ हजार १२५ लाई सेवा प्रदान गरेको जनाइएको छ।

    विसं २०७२ को गोरखा भूकम्प तथा हालैको मेलम्चीको बाढी प्रभावित किशोरकिशोरी तथा महिलालाई एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र एचआइभी सेवा प्रदान गर्न सो परियोजना सफल भएकाले संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। यही असार १ गते सो मेलम्ची नगरपालिकाको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले नगरका वडा नं ६, १० र ११ मा अपूरणीय भौतिक क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरी ८० महिलालाई ‘डिग्निटी किट्स’ प्रदान गरिएको थियो।

    शिविरमा पाठेघरको मुखमा हुने क्यान्सर परीक्षण, एचआइभी परीक्षण तथा परामर्श, गर्भवती सेवा, परिवार नियोजनको स्थायी तथा अस्थायी सेवा, प्रयोगशाला सेवा, लैङ्गिकताका आधारमा गरिने हिंसा हुन नदिन परामर्श सेवा प्रदान गरिएको जनाइएको छ। विपद्का अवस्थामा गाँस, बास र कपासपछि पहिलो प्राथमिकतामा प्रजनन स्वास्थ्य सेवा तत्काल आवश्यक पर्दछ।

    साथै ती जिल्लामा विद्यमान बाल तथा मातृमृत्युदर न्यूनीकरण गर्न परियोजनाले कोशेढुङ्गाका रुपमा काम गरेको छ। संघले परियोजनाको सहयोगमा कोरोना महामारीका बन्दाबन्दीमा स्थानीय साथी शिक्षकमार्फत परिवार नियोजन, सुरक्षित गर्भपतन, पाठेघरको मुखको क्यान्सर रोगको जाँच, सुरक्षित मातृत्व, एचआइभी तथा एड्स, यौन सङ्क्रमण, प्रयोगशाला, घुम्ती स्वास्थ्य सेवा, यौन तथा प्रजनन स्वास्थ्य परामर्श सेवालाई निरन्तरता दिएको थियो।

    मकवानपुरका एक हजार २०० चेपाङ समुदायमा परियोजनाले एकीकृत यौन तथा प्रजनन स्वास्थ्य र एचआइभी सेवा प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ “सेवाग्राहीमध्ये २४ प्रतिशत सेवाग्राही किशोरकिशोरी तथा युवायुवती छन्। एचआइभी परीक्षण तथा परामर्श सेवा २३ प्रतिशत किशोरकिशोरी तथा युवायुवतीलाई प्रदान गर्दा एचआइभी सङ्क्रमण शून्य पाइएको छ।”

    संघले पछिल्लो समय सुरक्षित यौन व्यवहारसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा समुदायमा सञ्चालन गर्दै आइरहेको छ। विज्ञप्तिमा २०० सेवाप्रदायक तथा साथी शिक्षकलाई यौन तथा प्रजनन स्वास्थ्य विषयमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको तथा प्रभावित क्षेत्रका रेडियो कार्यक्रममार्फत यौन तथा प्रजनन स्वास्थ्य र एचआइभीसम्बन्धी शिक्षा, जानकारी र सूचना प्रभाव गरिएको विज्ञप्तिमा उल्लेख छ।

    महामारीमा यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी

    संघले विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कोभिड–१९ को महामारीका अवस्थामा पनि आफ्नो सेवा निरन्तर जारी रहेको जनाएको छ। देशका विभिन्न स्थानमा रहेका आफ्ना क्लिनिकमार्फत सन् २०२० मा ३३ लाखलाई विभिन्न सेवा उपलब्ध गराइएको थियो। यो सन् २०१९ को सामान्य अवस्थामा प्रदान गरिएको सेवाभन्दा १५ प्रतिशत मात्र कमी हो।

    संघले सेवाको पहुँचबाट वञ्चित, सीमान्तकृत समुदाय, यौन तथा लैङ्गिक अल्पसङ्ख्यक, यौनकर्मी महिला, एचआइभी। एड्स सङ्क्रमित तथा अपाङ्गता भएका व्यक्तिका लागि सधैँ निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ। संघका सेवाग्राहीमध्ये लगभग ९० प्रतिशत सेवाको पहुँचबाट वञ्चित ती समूह रहेका छन् भने ३० प्रतिशत सेवाग्राही युवा तथा किशोरकिशोरी रहेका संघका जनसम्पर्क तथा पैरबी अधिकृत जमुना सिटौलाले जानकारी दिइन्।

    विशेषगरी कोभिड महामारीका अवस्थामा कुनै पनि सेवाग्राही यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सेवा र हेल्पलाइन सेवा प्रदान गर्न अहोरात्र खटिएका सङ्घका सेवाप्रदायकको योगदान प्रशंसनीय रहेको जनाइएको छ।

    महामारीको समयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व तथा नवजात शिशु तथा बाल स्वास्थ्य, एचआइभी तथा एड्स, यौन सङ्क्रमणलगायत प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाको जानकारी चाहिएमा हेल्प लाइन नं १६६००१४५००० मा सम्पर्क गर्न पनि सङ्घले आग्रह गरेको छ। निःशुल्क सो सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालित छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.