सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकमा यातायात व्यवसायीको दादागिरी, भाडा बढाउन माग गर्दै सडकमै गाडी तेर्स्याए


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १५:४० 
  • काठमाण्डौ, १८ असोज । यातायात व्यवसायीले सडकमा दादागिरी देखाएका छन्। व्यवसायी आफैँले भाडा बढाउँदा ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि सडकमा गाडी तेस्र्याएर विरोध गरेका हुन्।

    महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्।भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन्।कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ।व्यवसायीले पुरानो भाडादरमा २८ प्रतिशत बढाउने निर्णय गरेका छन्। जसअनुसार न्यूनतम भाडा नै १५ बाट २० रुपैयाँ पुर्याएका छन्।

    यातायात व्यवसायीका दुईवटा महासंघ रहेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघले आफैँ भाडा घोषणा गरेको छ भने यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढेको विषयमा जानकारी नभएको बताएका छन्।

    केन्द्रीय महासंघले भाडा बढाएपछि ट्राफिक प्रहरीले दैनिक कारबाही गरेको छ। प्रहरीले गाडी सञ्चालन गर्न खोजे पनि व्यवसायीले चल्न दिएका छैनन्।

    ‘कोटेश्वर, चाबहिल, सुकेधारा,गौशाला क्षेत्रमा जाम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरुले विरोध प्रदर्शन गरेका बताउनुभयो ।

    यसअघि गएको साउन ७ गते पनि उनीहरुले चक्रपथमा नै गाडी तेर्स्याएर विरोध प्रदर्शनसहित र्याली निकालेका थिए । त्यतिबेला उनीहरुले कोभिडविरुद्धको खोप, भाडा समायोजन, ४० वर्ष पुगेका गाडीको अवधि थप, यातायातको बीमा छुट, नवीकरण र जरिबाना छुट लगायतका माग राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.