सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ईपीएल: चितवनमाथि भैरहवाको सहज जित


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १३:३८ 
  • काठमाडौं,१८ असोज । चितवन टाइगर्समाथि भैरहवा ग्लाडियटर्सले एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । सोमबार भएको खेलमा भैरहवाले चितवन टाइगर्समाथि ६ विकेटको जित निकालेको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले जितका लागि दिएको १६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर १६५ रन बनायो ।

    भैरहवाका लागि प्रदीप ऐरीले ७२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । भैरहवाका लागि तमिम इक्वालले ४० रनको योगदान गर्दा उपल थरंगाले ३९ रन बनाए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरको चितवनले निर्धातिर २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाए । चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै मोहमद साहजादले ३२ रन बनाउँदा सेकुगे प्रशन्नले २४ रन जोडे ।

    बलिङतर्फ भैरहवाका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिए ।
    न्यिदब िदबलप

    भैरहवाका धमीका प्रशाद, दुर्गेश थापा र कृष्ण कार्कीले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै भैरहवाका तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

    लिगमा ४ खेल खेलेको भैरहवाको ६ अंक छ । पराजित चितवन ५ खेलबाट ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.