सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका नवल र भरतपुर डेन्टलमा प्रशासनको सिल


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १३:१० 
  • चितवन, १८ असोज । जिल्ला संयुक्त बजार अनुगमन संयन्त्र चितवनले आइतबार गरेको बजार अनुगमनका क्रममा दुई वटा डेन्टल तथा फार्मेसी र पोलिक्लिनिक सिल गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने संयन्त्रले आइतबार गरेको अनुगमनका क्रममा भरतपुरको अस्पतालमा रहेको नवल डेन्टल, भरतपुर डेन्टलमा सिल गर्नुका साथै नवल पोलिक्लिनिक र मिराकल फार्मेसी बन्द गराएको छ । आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नभएको भन्दै नवल डेन्टलमा सिल गरिएको हो भने पोलिक्लिनिक दर्ता गरेर डेन्टल चलाएको भन्दै भरतपुर डेन्टल बन्द गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकृत चिरञ्जीवि शर्माले बताउनुभयो । त्यस्तै दर्ता विनै पोलिक्लिनिक सञ्चालन गरेको भन्दै नवल पोलिक्लिनिक बन्द गरिएको हो ।

    बन्द गरिएको मिराकल फार्मेसीमा भने अंकित मूल्यभन्दा बढीमा औषधि बिक्री गरेको, लागुऔषधमा प्रयोग हुने औषधि बिक्रीको आवश्यक विवरण नराखेको भन्दै बन्द गरिएको शर्माले बताउनुभयो । मापदण्ड पूरा नभइ सञ्चालन हुँदा बन्द गरिएको व्यवसायले मापदण्ड पूरा गरेर जानकारी गराउनुपर्ने तथा फार्मेसीले आवश्यक कागजात सहित प्रशासनमा सम्पर्क गर्नुपर्ने शर्माले बताउनुभयो । अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय चितवन, घरेलु तथा साना उद्योग कार्यालय चितवन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भरतपुर अस्पताल, स्वास्थ्य कार्यालय चितवन, भरतपुर महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली सहभागी थियो ।

    अनुगमनका क्रममा अनुगमन गरिएको स्थानमा मापदण्ड पूरा नगरेको पाएमा तत्कालै जरिवाना गर्न सक्ने गरी प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐनले अधिकार दिएको निरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । ऐन अन्तर्गत ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सकिने, उपभोक्ता अधिकार ऐनअनुसार ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने तथा व्यवसायलाई सिलबन्दी गर्नेसम्मका अधिकार रहेको निरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.