ललिता निवास जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १२:५८
काठमाडौं, १८ असोज । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सर्वोच्च अदालतले आज (सोमबार) सुनुवाई गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो । दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।