सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको विरोधका बीच राष्ट्रिय सभाले ४ वटा विधेयक अघि बढायो


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १२:२५ 
  • काठमाडौं,१८ असोज । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु अगाडि बढाइएको छ ।

    राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक अघि बढाइएको हो ।

    एमाले सांसदहरु विरोध जनाएर उभिरहेको बेला प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यी विधेयकहरु पेश गरेका थिए । यी चारवटै विधेयकहरु दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

    मन्त्री कार्कीले नै महालेखा परीक्षकको ५८ औं वाषिर्क प्रतिवेदन २०७८ पनि राष्ट्रिय सभामा पेश गरेका छन् ।

    त्यसपछि राष्ट्रिय सभाको बैठक असोज २४ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    त्यसअघि बैठक सुरु हुनासाथ एमाले सांसदहरु आ-आफ्नो आसनबाट उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पार्वती रावललाई बोल्ने समय दिएका थिए । उनले सरकारले दल विभाजन विधेयक ल्याएको लगायतका कारण विरोध जारी रहेको बताइन् । उनले विरोध रहेको कुरा नोटिस रहेको भन्दै बस्न आग्रह गरे तर एमाले सांसदहरु बसेनन् ।

    त्यसपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले खिमलाल देवकोटालाई बोल्ने समय दिए । उनले लगातार विरोध जनाउँदा आफूहरु बोल्न नपाएको र सांसदहरुले सभामुखप्रति अमर्यादित शव्द प्रयोग गरेको भन्दै नियमापत्ती जनाए ।

    अध्यक्ष तिमल्सिनाले फेरि सदनको कारबाही नियमित गर्न सहयोग गर्न आग्रह गर्दै सांसदहरुलाई बस्न भने । तर एमाले सांसदहरु उभिरहे ।

    विरोध जारी रहेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीका ३ र ४ नम्बर बुँदा हटाइएको जानकारी गराए । कार्यसूचीको बुँदा नम्बर ३ मा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने उल्लेख थियो ।

    यसैगरी बुँदा नम्बर ४ मा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसुर तथा फौजदार कार्य सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७८ पेश गर्ने उल्लेख थियो ।

    एमाले सांसदहरुको विरोधका बीच राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको र राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएको पत्र वाचन गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.