सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार ११:४४ 
  • बागलुङ, १८ असोज । दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक÷दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।

    दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुग्नुभएको छ । कोही बाटोमा जाँदैछन् । भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् । “यस वर्ष सय÷डेढ सय च्याङ्ग्रा मात्र बागलुङमा भित्रने देखिन्छ”, केसीले भन्नुभयो, “जोमसोममै च्याङ्ग्राको मूल्य रु दश हजारसम्म बढेको छ ।”

    मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजारसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ रु ४५ हजारमाथि पुग्छ । मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताउनुभयो । दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ । केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् ।

    स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् । गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई रु २७ हजार ५०० तिरेर ल्याएका थिए । अहिले त्यो बढेर रु ४० हजारसम्म पुगेको छ । मूल्य चर्को परेपछि कतिपय व्यापारी यसपालि च्याङ्ग्रा किन्नै गएनन् । यहाँका २० भन्दा बढी व्यापारीले दशैँमा च्याङ्ग्राको कारोबार गर्छन् । लामो बाटामा कठिन यात्रा तय गरेर उनीहरुले च्याङ्ग्रा भित्राउँछन् ।

    अर्का व्यापारी क्षत्रीले गत वर्ष जोमसोमदेखि दुई दिनको बाटामा पर्ने चमर भन्ने ठाउँ पुगेर च्याङ्ग्रा ल्याउनुभएको थियो । कोभिड–१९ का कारण च्याङ्ग्राको व्यापार पनि खस्किएको क्षत्रीको भनाइ छ । “मूल्य बढेको थाहा पाएपछि धेरै व्यापारी च्याङ्ग्रा लिनै गएनन्”, उहाँले भन्नुभयो । च्याङ्ग्रा कम आउनु र बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको हो । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

    पछिल्ला चार वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको छ । छ वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आउनुभएका केसीले महँगो परे पनि दशैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको अनुभव सुनाउनुभयो । उहाँको सदरमुकामका मासु पसलसमेत छ । गत वर्ष च्याङ्ग्राको मासु प्रतिकिलो रु १४ सय पुगेको थियो ।

    यस वर्ष मूल्य झन् बढ्ने भएको छ । च्याङ्ग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । व्यापारीले एउटा च्याङ्ग्रामा रु एक÷दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.