सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेले बोलायो स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार ११:०९ 
  • काठमाडौं, १८ असोज । नेकपा एमालेले आयोजना गरेको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला सुरु भएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला नौ बजेदेखि जारी रहेको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए । भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको बताइएको छ ।

    दाहालका अनुसार एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने छ ।

    भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन् । उक्त भेलालाई दिउँसो १ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए । नेकपा एमालेले आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.