सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देहीमा खुकुरी प्रहारबाट एकको मृत्यु, एक घाइते


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १०:५५ 
  • बुटवल,१८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमार छन् । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबार राति रवि सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको पाइएको डीएसपी थापाले बताए ।

    रविले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.