सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

३८ वटा चिनियाँ विमान डिफेन्स क्षेत्रमा घुसेको ताइवानको दाबी


  •    न्युजभित्तो/१६ आश्विन २०७८, शनिबार १२:४० 
  • काठमाडौं,१६ असोज । आफ्नो एयर डिफेन्स जोनमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ गरेको ताइवानले जनाएको छ । जनगणतन्त्र चीन स्थापनाको ७२ औं वर्षगाँठ मनाइरहेको बेइजिङले ३८ वटा फाइटर प्लेनको दुई लहर ताइवानमा पठाएको ताइवानको दाबी छ ।

    ताइवानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पहिलो लहर अन्तर्गत २५ वटा पिएलएका लडाकु विमान एडिजको दक्षिण–पश्चिमी क्षेत्रमा शुक्रबार दिउँसो घुम्दै गएको अवस्थामा भेटिएको उल्लेख छ । त्यस्तै, साँझको समयमा १३ वटा पिएलएका लडाकु विमान यही क्षेत्रमा परिचालन भएको विज्ञप्तिमा उल्लेख छ ।

    जवाफमा ताइवानले पनि आफ्ना जेट र मिसाइल प्रणाली परिचालन गरेको छ । ‘चीनले क्षेत्रीय शान्ति खल्बलिनेगरी सैन्य आक्रामकता देखाइरहेको छ,’ ताइवानका प्रिमियर सु सेङ चाङले यस घटनापछि भनेका छन् । चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ ।

    जबकी, ताइवानले आफु सार्वभौम राज्य भएको दाबी गर्छ । आफ्नो भूमिमा चीनले एयरफोर्सको मिसन सञ्चालन गरिरहेको गुनासो वर्ष दिनभन्दा लामो समयदेखि ताइवानले गरिरहेको छ । यता, बेइजिङले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.