सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाललाई टेबल टेनिसमा सफलता


  •    न्युजभित्तो/१६ आश्विन २०७८, शनिबार १२:२८ 
  • काठमाडौं,१६ असोज । कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३-१ को जित रचेको छ ।

    त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए । यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले कतारी टिमलाई ३-१ ले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

    कतारले एसियाली स्तरको टेबल टेनिस प्रतियोगिता आयोजना गरेको यो दोस्रो अवसर मात्र हो । कतारमै एसियाली टेबल टेनिस युनियनको साधारण सभा पनि हुनेछ र त्यसमा नेपालका तर्फबाट अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले भाग लिइरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.