सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले विधान महाधिवेशनः आज बिहान प्रतिवेदनमाथि समूहगत छलफल‚ दिउँसो पूर्ण सत्र


  •    न्युजभित्तो/१६ आश्विन २०७८, शनिबार १०:४८ 
  • काठमाडौं, १६ असोज  । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ।

    शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो। छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफल बिहान ८ बजेबाटै सुरु हुने जनाइएको छ।

    समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा पेस गरिनेछ। तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ।

    प्रस्तावमाथि १० वटा समूहमा छलफल हुने

    शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन्। महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ। पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका बेला देशभरका प्रतिनिधिमुलक कार्यकर्ता बोलाएर एमालेले विधान महाधिवेशन आयोजना गरेको हो। महाधिवेशनमा विगतमा नेता नेपाल निकट रहेका नेता कार्यकर्ताको पनि उपस्थितिले पार्टीमा नयाँस्तरको घुलमिल र एकताभाव देखिएको छ।

    विधान महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारत गायत प्रवासका संघ संगठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.