सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनहितका योजना अघि बढाउनूस् : राष्ट्रपति भण्डारी


  •    न्युजभित्तो/१५ आश्विन २०७८, शुक्रबार १४:२६ 
  • काठमाडौँ, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिनुुभएको छ ।

    जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उहाँले मुलुुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्छ भन्नुभयो । राष्ट्रिपति भण्डारीले भन्नुुभयो, “जनप्रतिनिधिमूूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूूलक समाज निर्माणमा योगदान पुु¥याउनुपर्छ ।”

    विगत दुुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुुभयो, “सङ्क्रमण अन्त्य भई नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु ।”

    आयोजक संस्था महासङ्घका अध्यक्ष सीता सुुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिनुुभयो ।

    उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुुँदा महासङ्घलाई ओझेलमा पारेको भनी गुुनासो गर्नुुभयो । उहाँले जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुुगमन गर्ने एजेन्सीका रुपमा स्थापित गर्न आवश्यक रहेको तर्क प्रस्तुत गर्नुुभयो ।

    नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यन्जूूले सङ्घ र प्रदेश सरकारको तुुलनामा जनताका हितका खातिर स्थानीय तहले न्यायनिरुपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूूमिका खेलिरहेको बताउनुुभयो ।

    गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रुपमा रहेका स्थानीय तहले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानूनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको उदाहरण प्रस्तुत गर्नुुभयो ।

    राष्ट्रिय परिषद्मा मुुलुकका ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता छ । महासङ्घले चार वर्षमा संस्थाको आवश्यकता र प्रभावकारिताको सुुझाइ स्थापित गर्न सफल भएको सो अवसरमा जानकारी दिइयो ।कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुुस्तकको लोकर्षण गर्नुुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.