सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि


  •    न्युजभित्तो/१५ आश्विन २०७८, शुक्रबार ११:४२ 
  • चितवन,१५ असोज । चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि नागरिकता लिने गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनाको अवधिको तथ्यांक सार्वजनिक गरेको हो । भाद्र महिनासम्म प्रशासनबाट २ हजार २६८ वटा नयाँ नागरिकता जारी भएको तथ्यांक छ ।

    सोही अवधिमा २ हजार ६८ जनाले प्रतिलिपि लिएको तथ्याङ्क रहेको छ । यस्तै भदौ महिनामा मात्रै १ हजार १०६ जनाले नागरिकताको प्रतिलिपि लिएको कार्यालयले जनाएको छ । ती मध्ये नयाँ नागरिकता लिनेहरुमा बंशजका धेरै रहेका छन । बंशजबाट २ हजार २६४ वटा नागरिकता जारी भएका छन् भने वैवाहिक अंगिकृत ४ वटा मात्र रहेका छन् ।

    भदौ महिनामा मात्रै वंशजबाट ९८८ र वैवाहिक अंगिकृत २ वटा नागरिकता जारी भएको तथ्यांक छ । प्रशासनले हालसम्म २ जनाको नागरिकता भने रद्द गरेको छ । जसमध्य भदौमा १ जनाको नागरिकता रद्द गरिएको छ । त्यस्तै प्रशासनले हालसम्म ९० वटा नाबालक परिचय पत्र जारी गरेको छ जसमा भदौ महिनामा मात्रै २८ जनालाई उक्त पत्र वितरण गरेको जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.