सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इपीएलः विराटनगर र ललितपुर, चितवन र पोखरा भिड्दै


  •    न्युजभित्तो/१५ आश्विन २०७८, शुक्रबार १०:१७ 
  • काठमाडौँ, १५ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० अन्तरगत आज (शुक्रबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर वारियर्स र साविक विजेता ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल टियु क्रिकेट मैदानमा विहान ९ः३० बजेदेखि सुरु हुँदैछ । विराटनगर करन केसी र ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिदै छ ।

    प्रतियोगितामा ३ खेल खेलेको ललितपुर २ मा हार र एक खेल बराबरी खेल्दै १ अंकका साथ पाँचौँ स्थानमा छ । ललितपुर प्याट्रियट्स काठमाडौँ किंग्स ११ र पोखरा राइनोजसंग पराजित भएको थियो भने बिहीबार भएको खेलमा भैरहवा ग्लाडियटर्ससंग अंक बाडेको थियो । दुवै टिमले १७७ रन बनाएपछि खराब प्रकाशका कारण खेल सुपर ओभरमा जान सकेन र दुवै टिमले सहमतिमा अंक बाडे ।

    यस्तै विराटनगर वारियर्स लगातार दुई खेलमै पराजित हुँदै अंक तालिकाको पुछारमा छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्स र दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससंग पराजित भएको थियो । आज तेस्रो खेलमा विराटनगरले जित निकाल्दै २ अंक बटुल्न चाहन्छ ।

    इपीएलको चौथो संस्करणसम्म आइपुग्दा ललितपुर लगातार विराटनगरसंग पराजित भएको छ । २०१७ मा विराटनगर ६ रनले विजयी भएको थियो भने २०१८ मा ३ विकेटले विजयी भएको थियो ।

    यस्तै प्रतियोगिता अन्तरगत आजको दोस्रो खेलमा उपाधि दावेदार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल टियु क्रिकेट मैदानमा दिउँसे १ः३० बजेदेखि सुरु हुनेछ । चितवन सोमपाल कामी र पोखरा विनोद भण्डारीको कप्तानीमा मैदानमा उत्रिदैछ । चितवन लगातार दुई खेलमा जित हात पार्दै ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । चितवनले विराटनगर र काठमाडौँ किंग्स ११ लाई पराजित गरेको थियो ।

    यस्तै पोखरा राइनोज भने एक खेलमा जित र एक बराबरी खेल्दै ३ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । आज जित हात पार्ने टोली लगभग प्ले अफमा स्थान पक्का गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.