सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको गोरखपुरमा नेपाली युवकको हत्या, एक जना पक्राउ


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १७:३० 
  • बुटवल,१४ असोज । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो ।

    रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने क्रममा उत्तरप्रदेशको गोरखपुरमा रिक्सामा सवार रहेका बेला लुटपाटपछि रड प्रहार गरी गौडेलको हत्या भएको थियो ।

    हत्यापछि उक्त घटना लुकाउन शवलाई नष्ट गर्ने योजनासहित सोही रिक्सामा लगिरहेको अवस्थामा स्थानीय युवा प्रदीप यादवले रोकेर प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाका दोषीलाई कारबाही र मृतक कृष्ण गौडेललाई न्याय दिलाउन माग गर्दै नवलपरासीका संघीय सांसद देवेन्द्रराज कँडेलसहितको टोली गोरखपुर पुगेर भारतको संविधानअनुसार हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय मागसहित मुद्दा दर्ता गरेको कँडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले बताए ।

    मृतकको परिवार आफैं भारत पुगेर न्यायिक लडाइँ लड्न कठिन भएकाले सांसद कँडेल गोरखपुर पुगेर मुद्दा दर्ता गरेको रायमाझीले बताए । गौडेलको शव लुकाउन खोज्नेसँग प्रतिकार गरेका युवा प्रदीप यादवलाई सांसद कँडेलले नगद पुरस्कारसहित सम्मान गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.