सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल रेडक्रशद्धारा भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १७:०२ 
  • चितवन,१४ असोज । नेपाल रेडक्रश सोसाइटीले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना कहरको समयमा आबश्यक पर्ने स्वास्थय सामाग्री अस्पताललाई सहयोग गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी आशमान तामाङ् र नेपाल रेडक्रश सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले तीन लाख बराबरको स्वास्थ्य सामाग्री संयुक्त रुपमा भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीलाई हस्तान्तरण गर्नु भयो ।

    जसमा १ हजार ५ सय थान सर्जिकल माक्स, ७ सय ६८ बोटल सेनिटाइजर, ६ हजार थान ग्लोव्स, ५० पिस डिस्पोजेवल हुल्ड, ५० पिस फेससिल्ड रहेका छन् । कोकाकोला फाउण्डेसनको सहयोगमा रेडक्रशलाई प्राप्त भएको सामाग्री अस्पतालालई हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुखजिल्ला अधिकारी तामाङ्ले जनताको स्वास्थ्यलाई मध्यनजर गरि दिईएका सामाग्रीको सही सदुपयोग गर्नु आबश्यक रहेको बताउनुभयो । कोरोना संग वच्नका ललागि सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गर्नु महत्वपूर्ण हुने बताउनुभयो ।

    सो अबसरमा नपाल रेडक्रश सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले पछिल्लो समयमा फाउण्डेसनको सहयोगमा चितवन सहित १० जिल्लामा सामाग्री बितरण गरिएको जानकारी दिनुभयो । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष अधिकारीले कोरोनाको दोस्रो महामारि केही हद सम्म नियन्त्रणमा आएको र तेस्रो लहरको डर भईरहेको समयमा प्राप्त सामाग्रीले स्वास्थ्य कर्मीहरुलाई काम गर्न सहज वनाएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै
    राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
    सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख
    • जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी
    • पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
    • ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
    • कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.