सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७२ घण्टासम्म बुद्ध एयरका पाइलट शेर्पालाई उडान भर्न रोक


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १६:१९ 
  • काठमाडौं,१४ असोज । बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घण्टाका लागि उडानमा रोक लगाएको छ। अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न रोक लगाइएको हो।

    उनले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ। तर, दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मानसिक तनावलाई ख्याल गरेर उनलाई केही दिन बिदामा बस्न भनिएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए। उनले आइकाओको नियम पनि त्यस्तै रहेकोले सोहीअनुसार नै पाइलट शेर्पालाई केही दिन आराम गर्न भनिएको जानकारी दिए।

    उनका अनुसार बुद्ध एयरले पनि पाइलट शेर्पालाई उडान गर्न रोक लगाएको छ। शेर्पाको उडान क्षमतामा भने प्राधिकरण र बुद्ध एयरले कुनै कमी–कमजोरी देखाएका छैनन्। कहिलेकाहीँ जोखिमपूर्ण उडान भर्दा आराम चाहिने भएकोले शेर्पालाई आराम गर्न भनिएको प्राधिकरणका निमित्त महानिर्देशक क्षेत्रीले बताए। उनले भने, ‘उहाँको उडानक्षमतामा प्रश्न उठाइएको होइन। त्यस्तो प्रकारको उडानपछि स्वाभाविकै आराम चाहिन्छ। यो आइकाओ मापदण्ड नै।’

    सोमबार बिहान विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर बुद्ध एयरको ९–एनएएनआई एटिआर जहाज काठमाडौं फर्किएको थियो। जहाजको चक्का (ल्यान्डिङ गियर)डाउन नभएको र थ्री ग्रिन सिग्नल नबलेपछि पाइलटले विराटनगर विमानस्थलमा अवतरण गर्न सकेका थिएनन्। त्यसपछि काठमाडौंको आकाशमा केही फन्को मारेर पाइलट शेर्पाले त्रिभुवन अन्तर्राट्रिय विमान स्थलमा सहज अवतरण गराएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.