सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १४:०१ 
  • डोटी, १४ असोज । छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ ।

    रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् । भारतबाट रोजगारी गरी घर आउन थालेका यहाँका नागरिकका कारण अहिले जिल्ला सदरमुकाम तथा यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । रोजगारीबाट घर फर्किएका जिल्लाका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडी पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

    भारतबाट आउने जिल्लाका नागरिकको सङ्ख्या बढेको र कोरोना महामारी कायमै रहेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । यसै सिलसिलामा घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि छिमेकी मुलुक भारत गएका थिए । भारतमा कामका लागि गाउँघरमा स्थानीयवासी गएका कारण गाउँघर प्रायः सुनसान अवस्थामा थिए । अहिले उनीहरु धमाधम गाउँमा फर्किन थालेका कारण गाउँमा चहलपहल बढेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताउनुभयो ।

    दशैँ आउन अझै थुप्रै दिन बाँकी रहे पनि यहाँका नागरिकले आफ्ना घर पोत्ने तथा कमेरो लगाउने काम पनि सुरु गरेकाले गाउँमा निकै रौनकता छाएको स्थानीयवासी बताउँछन् । जिल्लाको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँखेती लगाएर परिवारसहित रोजगारीका लागि भारत जानुभएको थियो । भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैँका लागि भन्दै उहाँको परिवारसहित घर फर्किनुभएको छ । किसनसिंह मात्र होइन, रोजगारका लागि भारतलगायत अन्य तेस्रो मुलुक गएका डोटीसहित समग्र सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका हुन् ।

    भारतको उत्तराखण्ड रोजगारी गरेर दशै मनाउनकै लागि घर फर्किनु भएका जिल्लाको केआइसिंह गाउँपालिका–४ का अर्का स्थानीयवासी दीपकबहादुर कामी पनि अहिले आफ्ना परिवारसहित घर फर्किनुभएको छ । कोरोना सङ्क्रमणका कारण खासै कमाइ गर्न नपाए पनि दशैँका लागि घरपरिवारलाई नयाँ लुगा कपडा लिएर आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा कमाउन त सकिनँ, वर्ष दिनको पर्व दशैँ घरपरिवारसँग मनाउन घर फर्किएको छु, दशैँ–तिहार सकिएपछि पुनः कामका लागि उतै फर्किन्छु ।”

    यसैगरी दशैँ मनाउनकै लागि भारतबाट रोजगारी गरी आउनुभएको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका रामबहादुर कठायत पनि बुधबार मात्रै घर फर्किनुभएको छ । कोरोनाका कारण गएको वर्ष दशैँ मनाउन घर आउन नपाएको बताउँदै उहाँले भन्नुभयो, “पैसाभन्दा ठूलो घरपरिवार हो, गत वर्ष कोरोनाले आउन पाइनँ, यस वर्ष कोरोना केही शान्त भएकाले परिवारसँगै दशैँ मनाउन आएँ, खुसी छु ।”

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दैनिक २०० देखि ३०० नेपाली कैलालीका त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिसमेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि वर्षेनी भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

    भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर र गड्डाचौकी नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीलाई घर फर्किँदा सीमामा कुनै समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको छ, कुनै समस्या भए प्रहरीलाई खबर गर्दा हुन्छ ।” यसैगरी डोटीमा दशँै, तिहार तथा छठपर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता कक्षसमेत स्थापना गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले सवारी साधन जाँचमा कडाइ तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न बजारमा गस्तीसमेत गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.