सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्लड क्यान्सरपीडित बालकको उपचारमा रु पन्ध्र लाख बढी सहयोग


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १३:५० 
  • रामपुर (पाल्पा), १४ असोज । ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ ।

    रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।

    हालसम्म रु पन्ध्र लाख ८७ हजार २४९ सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरिएको अभियानका संयोजक रामबहादुर रानाले बताउनुभयो । उहाँका अनुसार अझैपनि देश तथा विदेशमा बस्ने व्यक्तिबाट सहयोग रकम आउने क्रम जारी छ । उहाँ भन्नुभयो, “परिवारको आर्थिक अवस्था नाजुक हुँदा उपचारमा समस्या परेपछि सहयोग रकम उठाउन थालियो, लामो समयसम्म अस्पतालको बसाइँ पश्चात अहिले बालक घर आएका छन्, रोग पनि निको हँुदै गएको छ ।”

    भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत रानाको उपचारमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको छ । बालक रानाको बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ । सहयोग गर्न चहाने व्यक्तिले बालकका आमा लीला रानाको नाममा गरिमा विकास बैंक रामपुर शाखामा रहेको खाता नं। ००३०१३०००६५५५४०००००१ रकम जम्मा गरी सहयोग गरिदिनहुन सबैमा अपिल गरिएको छ ।

    अस्पतालमा गत चैत २९ गतेदेखि पाँच महिना बढीको समय भर्ना गरी नियमित उपचार पाएपछि बालक रानाको रोग निको हँुदै गएको आमा लीला रानाले बताउनुभयो । सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

    ब्लड क्यान्सर रोग देखिनु पन्ध्र दिनअघि देब्रे कान दुख्ने समस्या देखियो, त्यसपछि बिस्तारै दाहिने कान दुखेर सताउन थालेपछि रामपुर अस्पतालमा उपचारका निम्ति लगियो । रगत परीक्षणमा खराबी देखिएपछि थप उपचारका निम्ति बुटवलस्थित नर्सिङ होम हस्पिटलमा गत चैत २५ गते पु¥याइयो । उपचारको क्रममा नाक, मुखबाट रगत बग्न थालेपछि अस्पतालको सल्लाहअनुसार थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा गत चैत २९ गतेबाट भर्ना गरेर उपचार सुरु गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.