सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय भलिलब : एपिएफद्वारा पुलिस पराजित


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १३:४० 
  • काठमाडौँ, १४ असोज । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै एपिएफले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो । पुलिसले दुई खेलमा तीन अङ्क जोड्यो ।

    न्यू डायमन्ड स्पोर्ट्स क्लब विजयी

    त्यस्तै सोही स्थानमा आज नै भएको अर्को खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यू डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित ग¥यो ।

    यस जितसँगै समूह बीको विजेतासमेत बनेको न्यू डायमन्डले दुई खेलमा छ अङ्क जोड्यो । पहिलो खेलमा न्यू डायमन्डले एभरेष्ट क्लब बुटवललाई हराएको थियो । यस समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले दुई खेलमा तीन अङ्क जोड्यो । न्यू डायमन्ड र आर्मीको खेलसँगै महिलातर्फको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ ।

    नेपाल भलिबल सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेता टोलीले रु चार लाख तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु १० हजार पाउने छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.