सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा महत


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १५:१५ 
  • काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

    तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक  कार्यक्रममा उहाँले सांस्कृतिक निधि, पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिवृद्धि गर्ने माध्यम भएकाले यस पर्वको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    सहमहामन्त्री डा महतले नेपाली कांग्रेस हाम्रा धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई समुन्नत र सुसंस्कृति बनाउन कटिबद्ध रहँदै आएको स्पष्ट पार्नुभयो । परापूर्वकालदेखि अवलम्बन गरिँदै आएका विभिन्न धर्म, संस्कृति र परम्पराले नेपालको विशिष्ट पहिचान दिएको बताउँदै उहाँले जितिया पर्व उल्लासमय वातावरणमा सम्पन्न हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.