सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपतिबाट जितिया पर्वको शुभकामनाः समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १४:४१ 
  • काठमाडौँ, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारू समुदायका महिलाहरुले जितियालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्वपूर्ण चाडका रूपमा लिने गर्दछन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेसी तथा थारू महिलाले सन्तानको सुख, शान्ति, आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोकदेवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

    “भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले परिवार र समुदायमा आपसी प्रेम, विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु,” राष्ट्रपतिबाट जारी सन्देशमा भनिएको छ, “हाम्रो मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यावहारिक पक्षलाई समयानुकूल सुधारसमेत गर्दै जानुपर्छ भन्ने लागेको छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.