सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानवअधिकार मैत्री समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री थापा


  •    न्युजभित्तो/१३ आश्विन २०७८, बुधबार १४:३२ 
  • काठमाडौँ, १३ असोज । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

    राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको ‘मानव अधिकारमैत्री पत्रकारिता’ विषयक तीनदिने तालिमको उद्घाटन कार्यक्रममा उहाँले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

    मन्त्री थापाले मानव अधिकारको विषय पत्रकारिताका लागि ज्यादै संवेदनशील र गम्भीर भएको उल्लेख गर्दै समाचार सङ्कलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा विशेष ध्यान दिनुपर्ने आवश्यकतालाई औँल्याउनुभयो ।

    मानव अधिकारसम्बन्धी सैद्धान्तिक ज्ञानको अभावमा निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकिने भन्दै उहाँले पछिल्लो समयमा नकारात्मक विषयले धेरै स्थान पाउने गरेको बताउनुभयो । “सरकार वा कुनै पनि व्यक्तिले गरेका राम्रा कामको समाचार सम्प्रेषण गर्नुपर्छ । मानव अधिकारमैत्री पत्रकारिता गर्नु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले निर्माण गरेको आमसञ्चार विधेयक विधायन समितिमा रहेकाले त्यसमा सच्याउनुपर्ने विषयलाई सच्याएर मात्र पारित गरिनेछ ।”

    राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानव अधिकारमैत्री र लैङ्गिकमुखी पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले समाचार लेख्ने क्रममा व्यक्तिको गोपनीयतालाई ख्याल गर्न पनि आग्रह गर्नुभयो ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक–२०७७ फिर्ता लिनुपर्ने माग गर्दै संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा आमसञ्चार विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेकामा प्रदेश सरकारले तुरुन्तै विधेयक फिर्ता नलिए पत्रकार महासङ्घले आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

    तालिमको उद्देश्यमाथि प्रकाश पार्दै मानवअधिकार आयोगका प्रवक्ता डा। टीकाराम पोख्रेलले पत्रकार र मानव अधिकारकर्मीको उद्देश्य एउटै रहेको उल्लेख गर्दै पत्रकार एवं सञ्चारमाध्यम विना मानव अधिकारको संरक्षण हुन नसक्ने बताउनुभयो । उहाँले स्वतन्त्रता, सूचनाको हक, मौलिक हकलगायत सबै मानव अधिकार भएको बताउँदै तालिम अवधिभरमा पत्रकारिता र मानव अधिकारको विषयलाई जोड दिइनेछ भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.