सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शेरवहादुर देउवा पार्टी कव्जाको रणनितिमा लागेः नेता केसी


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १७:०६ 
  • चितवन,१२ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापतिले महाधिबेशनको नाममा पार्टी कव्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभापति देउवा पार्टीलाई बिधि मार्फत चलाउन नखोजि व्यक्तिबाद लाद्न खोजेको आरोप लगाउनु भयो ।

    नेता केसीले १४ औं महाधिबेशनको क्रममा गाउँ तथा नगर अधिबेशन निपक्ष नभएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “पार्टी कव्जा गर्ने रणनितिले अघि वढेको मान्छेले निपक्ष निर्वाचन गर्न सक्दैन।” महाधिबेशनको मिति सारेको सा¥यौ गर्नेले पार्टी कव्जा गर्न खोजेको बुझिने उहाँको भनाईथियो । संस्थापन इतरको समुहबाट एउटा मात्रै उम्मेदवार वन्नु पर्ने जोड दिनुभयो । एउटा मात्रै उम्मेदवार नभए आँफु पनि सभापतिको उम्मेदवार वन्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “पार्टीलाई बिधि सम्बत चाउनका लागि संस्थापन इतरको एक जना

    मात्र सभापतिको उम्मेदवार वन्नु पर्छ ।”अहिले पार्टी भित्र व्यक्तिबाद हावि गर्न खोजीएको उहाँको आरोप थियो ।
    सभापति शेरवहादुर देउवालाई लक्षित गर्दै उहाँले पार्टी कव्जाको रणनितिमा लाग्दा महाधिबेशनको समय सारिएको बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी कव्जा कसरी गर्न सकिन्छ भन्ने नीतिमा सभापति लागेका कारण तोकीएको समयमा महाधिबेशन नभई पटक पटक सार्ने काम भएको छ ।” पार्टीलाई बिचारबिहिन शून्यता तिर धकल्ने काम एको भन्दै उहाँले भन्नुभयो “पार्टीलाई संगठन शक्ति भन्दा पनि गिरोह शक्तितिर लैजान खोजीयो ।” महाधिबेशन निश्पक्ष हुनु पर्ने उहाँको जिकिर थियो ।

    एमसिसिका बिषयमा जनताको विश्वास लिएर मात्र अघि वढ्नु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “एमसिसिको बिषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडी वढ्नु पर्छ ।”
    राष्ट्रियताको बिषयमा देखिएका बिबादहरु पुनरावलोकन गर्नु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “देशको बिकासका लागि आउने वजेट हो । जनताको मन जितेर राष्ट्रियताको बिषयमा देखिएको बिबाद समाधान गर्दै अघि वढ्नु पर्छ ।”

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.