सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १६:३७ 
  • कञ्चनपुर, १२ असोज । बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ ।

    बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम ९स्टार्ट फण्ड० अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्री र गैर खाद्य सामग्री वितरण गरिएको हो ।

    निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

    बाढी प्रभावित परिवारलाई खाद्य सहायता भौचर९प्रिपेड कार्ड०मार्फत प्रतिघरधुरीलाई रु ११ हजार २५० का दरले ३०० घरघुरीलाई उपलव्ध गराइएको छ । पोषण सहायता भौचर९गर्भवती, सुत्केरी, दीर्घरोगी०लाई रु पाँच हजारका दरले पाँच पालिकाका ९० घरधुरीलाई वितरण गरिएको छ । हाइजिनकिट दुई हजार २७० का दरले १७० घरधुरीलाई, महिला तथा किशोरी सम्मान सामग्री९डिगनीटी किट० रु तीन हजार ४८० का दरले ७५ घरधुरीलाई, सार्वजनिक धारा र शौचालय एवं खानेपानी सुविधामर्मत सम्भार रु पाँच हजारका दरले ४० घरधुरीलाई उपलव्ध गराइएको छ । यसैगरी, खानेपानी स्वच्छताका लागि हाते धारा सुद्धिकरण रु एक हजार २०० का दरले १२० घरधुरीलाई र बाढीका कारण बिग्रेका भत्केका घरको मर्मत सम्भार रु पाँच हजारका दरले १२५ घरधुरीलाई उपलव्ध गराइएको छ ।

    गैरखाद्य सामग्री (भान्सा तथा लत्ताकपडा) रु छ हजार ४०० का दरले १२५ घरधुरीलाई र मनोसामाजिक परामर्श र लैङ्गिक हिंसा न्यूनीकरण सचेतना एक सय घरधुरीलाई दिइएको छ । जसका लागि प्रति घरधुरी रु दुई हजार ९८० का दरले रकम खर्च गरिएको छ ।

    मछेली नदीको बाढीबाट विस्थापना परेका कृष्णपुर नगरपालिका–२ मछेलीका हरि डगौराले खाद्य र गैर खाद्य सामग्री पाएपछि खुसी भएको बताउनुभयो । “बाढीबाट घर मर्मत सम्भार, खानेपानीका लागि धारा मर्मत र खाद्य र गैर खाद्य सामग्री एक महिना पुग्ने गरी उपलव्ध गराइएको छ” उहाँले भन्नुभयो, “विजोग अवस्थामा थियौं । यसले केही राहत महसुस भएको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.