सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जद्वारा गैंडा मारी खाग बिक्री गरेको अभियुक्तमा नौ जना पक्राउ


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १५:३३ 
  • चितवन, १२ असोज । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मारेर खाग बिक्री व्यवसायी गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई पक्राउ गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो ।

    निकुञ्जद्वारा आज कसरामा आयोजित कार्यक्रममा पक्राउ परेका मध्ये आठ जनालाई सार्वजनिक गरिएको छ भने एक जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि अदालतको आदेशले छाडिएको छ ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले न्यूजभित्तोलाई दिनुभएको जानकारी अनुसार निकुञ्जको आईल्याण्ड क्षेत्रमा बि.सं. २०७७ भदौमा गैंडा मारेको अभियोग लागेका दुई जनालाई पक्राउ गरिएको छ भने चार जना फरार रहेका छन् । सो अभियोगमा पक्राउ पर्नेमा नवलपरासी बुलिङ्गटार गाउँपालिका वडा नं. १ घर भई गैंडाकोट नगरपालिका वडा नं. १ बस्ने ३२ वर्षिय चतुरे भन्ने गोपाल सारु र धादिङको रोराङ्ग गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षिय कवि भन्ने रामकुमार श्रेष्ठ रहेका छन् । सारुलाई साउन ३२ गते र श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको हो ।

    निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैंडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा संलग्न रहेको अभियोग लागेका चार जना फरार रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ बस्ने ३० वर्षिय विजय कान्छ भनिने जयबहादुर प्रजा, मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ मसिने खोला बस्ने ३६ वर्षिय दिलिप एवं दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजा र धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ बस्ने ३५ वर्षिय कवि भन्ने रामकुमार श्रेष्ठ रहेका छन् । जयबहादुर प्रजालाई भदौ ४ गते, दिलबहादुर प्रजालाई र र श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको हो ।

    बि.सं. २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुले चौरको खोल्सीमा गैंडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा संलग्न रहेको अभियोग लागेका सात जना फरार रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरका सरिखेत गाउँपालिका वडा नं. ९ बस्ने करण मुक्तान भन्ने करण प्रजा, मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ बस्ने मसिने टोङ्ग्रा खोला बस्ने सुरेश प्रजा र मकवानपुर मनहरी गाउँपालिका वडा नं. ४ का २७ वर्षिय बाबु भनिने सरोज मुक्तानरहेका छन् । उनीहरुलाई भदौ ४ गते पक्राउ गरिएको हो । सरोज मुक्तानको स्वास्थ्य अवस्था गम्भीर भएकाले अदालतमा हाजिर हुने गरी छाडिएको छ । उनको फोक्सोमा समस्या देखिएको छ ।

    निकुञ्जको घाँघरपोष्टदेखि १.५ किमीमा पर्ने ढड्डाघारीमा बि.सं. २०७७ जेठमा गैंडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा संलग्न रहेको अभियोग लागेका पाँच जना फरार रहेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नंं ७ देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरुङ रहेका छन् ।

    यस्तै मकवानपुरका सरिखेत गाउँपालिका वडा नं. ९ बस्ने वृन्दासिंह प्रजालाई पनि निकुञ्जले पक्राउ गरेको छ । यस अघि नै दुई वटा गैंडा मारेको मुद्दामा फरार रहेका उनलाई पक्राउ गरि कारागार चलान गरिएकोमा पुनः अर्का दुई मुद्दामा जोडिएपछि अनुसन्धानका लागि निकुञ्ज लगिएको हो । उनीहरुलाई आज निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

    चार वटा गैंडा मार्न संलग्न १७ जनामध्ये हालसम्म ८ जनालाई पक्राउ गरिएको छ भने नौ जना फरार रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले न्यूजभित्तोलाई बताउनुभयो । चालु आर्थिक वर्षमा गैंडा मुद्दाका १४ जना पक्राउ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गैंडा तस्करमा संलग्न हुनेहरु प्रायः जसो एउटै परिवारका रहने गरेका छन् । एउटै परिवारका सदस्य मिलेर काम गर्दा सूचना बाहिर नजाने र सुरक्षित भईने भएकाले एकै परिवारका सदस्यहरु बढी संलग्न हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “यहाँ पक्राउ पर्नेमा तीन जना दाजुभाई, बाबु–छोरा, साला–भेना, मामाको छोरा–फुपुको छोरा छन् ।” नयाँ प्रबिधिको प्रयोग गरेर कसरी तस्करलाई समाउन सकिन्छ भन्ने कुरामा सोच्न जरुरी रहेको उहाँको भनाई थियो । गैंडा तस्करमा संलग्न भई कारागार जीवन बिताएर फर्किएकाहरु नै पुनः यो काममा लागेको पाईन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.