सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यापर्यटनका माध्यमबाट पर्यटक आकर्षित गरिने


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १४:५९ 
  • काठमाडौँ, १२ असोज । विश्व पर्यटन दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिएको छ । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको नेतृत्वमा ४४१ बिरुवा रोपिएको हो ।

    गोल्डेन धूपी, आरु एवं विभिन्न जातका फूल गरी ४४१ बिरुवा स्मारक क्षेत्रमा रोपिएको छ । सो अवसरमा सचिव कोइरालाले सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरेर पर्यापर्यटन प्रवद्र्धन भएकामा खुसी व्यक्त गर्नुहुँदै यसको दिगो व्यवस्थापनमा काम हुनुपर्ने बताउनुभयो ।

    शहीद, निजामती र घुन्सा स्मृति स्मारकसँगै पर्यापर्यटन प्रवद्र्धनका काम गर्न लागिएकाले सफल हुने उहाँको विश्वास थियो । कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी, समितिका अध्यक्ष सुदर्शन सिग्देल, जिल्ला समन्वय समिति काठमाडौँका सदस्य सान्नानी लामालगायतले सामुदायिक वनमा पर्यापर्यटनका माध्यमबाट पनि पर्यटक आकर्षित गर्न सकिनेमा जोड दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.