सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १३:२० 
  • बैतडी, १२ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ ।

    दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । तीमध्ये कुनै पनि पालिकामा महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको पदाधिकारीमासमेत महिला र दलितको सङ्ख्या न्यून रहेको छ ।

    सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सुर्नयामा सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीर सिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

    यसैगरी पञ्चेश्वरमा सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

    त्यस्तै शिवनाथमा सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त सर्वसम्मत रुपमा निर्वाचित भएको समितिले जनाएको छ ।

    दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट सभापतिमा भुवनराज भट्टको पूरै प्यानल विजयी भएको छ । यस्तै उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।

    पुचौडी नगरपालिकाको सभापतिमा गणेशबहादुर गडालको पूरै प्यानल विजयी भएको छ । उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउद र सरोज बम विजयी भएका छन् ।

    पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भएका हुन् ।

    मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट तथा सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल निर्वाचित भएका छन् ।

    सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भएका छन् ।

    दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी हुनुभएका छन् भने उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भएका छन् ।

    यसैगरी डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी९जयराज० निर्वाचित भएका छन् भने उपसभापति रामनाथ, शङ्कर विष्ट, सचिव मदननाथ, शङ्करदत्त पन्त, सहसचिव विक्रम कार्की, दिलानाथ विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

    महिलाहरुले नेतृत्वमा आउनु अहिलेको आवश्यता रहेको भए पनि आउन नसकेका महिला नेत्री भागरथी भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाहरुलाई नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने अझै पनि गलत सोच रहेकाले नेतृत्वमा आउन सकेका छैनन् ।”

    उहाँले अलि पहिले सक्रिय भएका महिलाले माथिल्लो तहमा जान रुचाएका र नयाँ क्रियाशील सदस्यमै बसेकाले नेतृत्वमा महिला नदेखिएका पनि हुन सक्छन् भन्नुभयो ।

    सबै क्रियाशील दलित सदस्यले नेतृत्व हाक्छु भनेर अगाडि नआएका कारणले पनि नेतृत्वमा दलित नदेखिएका नेपाल दलित सङ्घ बैतडीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश कोलीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही जान्नेसुन्ने क्रियाशील दलित सदस्य स्थानीयस्तरमा बस्न नचाहेकाले पनि नेतृत्वमा नदेखिएको हुन सक्छ । उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि विधानमै व्यवस्था हुनुपर्छ ।”

    कोषाध्यक्षमा पदाधिकारी बैठकले सदस्यबाट चयन गर्ने भएकाले दलित र महिला आउन सक्ने सम्भावना रहेको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.