सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विवाह अस्वीकारपछि पुष्पाको हत्या


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १२:१२ 
  • ताप्लेजुङ,१२ असोज । शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो ।

    हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए । उनका अनुसार आइतबार पक्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको हत्या गरेको स्वीकार गरेका छन् ।

    “पक्राउ परेका कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका छन्, प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानबाट योजनाबद्ध ढङ्गले हत्या भएको देखिन्छ”, प्रनाउ राणाले भने । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको राणाले बताए ।

    विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध भएको तर विवाहको प्रस्ताव भने अस्वीकार गरेपछि विवाद हुँदा आफूले हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । विवादपश्चात टाउकोमा ढुङ्गाले प्रहार गरेको र त्यसपछि जबरजस्ती विषादी खुवाई भीरबाट धकेलेर झारेको कार्कीले बयान दिएका छन् ।

    फक्ताङलुङ गाउँपालिका–३ भर भई सदरमुकाममा डेरा गरी बस्दै आएकी पुष्पा तबेबुङ ९लिम्बू० भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनको शव फुङलिङ नगरपालिका–७ स्थित चारपाटेदेखि फुङलिङ बजार आउने जाने गोरेटो बाटोभन्दा २५ फिटमुनि फेला परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.