सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँमा घर जानेहरूका लागि अनलाइनबाट बसको टिकट बुकिङ खुला


  •    न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १६:२९ 
  • काठमाडौं,१० असोज ।सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि टिकट बुकिङ खुला गरेको छ । काउन्टरमा गएर टिकट बुकिङ गर्दा यात्रीहरू ठगिने र बिचौलियाहरुले बढी भाडा असुल्ने गरेका कारण अनलाइनबाट टिकट बुकिङ गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

    आइतबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइनबाट बसको टिकट काट्नेलाई यातायात व्यवसायीले एक बोतल पिउने पानी सित्तैमा दिने प्रतिबद्धता जनाएको जानकारी गराए । उनले भोलिदेखि टिकट काउन्टरमा गएर दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ गर्न सकिने, अनलाईन टिकेटिङ र मोबाइल एप्लिकेशनको माध्यमबाट टिकट खरिद गर्न सकिने बताए ।

    बैठकमा छलफलपछि विकास तथा प्रविधि समितिले स्वास्थ्य मापदण्ड पालना गरेर गाडि चलाउन, यात्रुले थाहा पाउने गरी ढोकामा भाडादर टाँस गर्न, भौतिक रुपमा लामबद्ध भएर टिकट काट्ने व्यवस्थालाई निरुत्साहित गर्न अनलाइनबाट टिकट खरिदको व्यवस्था गर्न र अनुगमनको कार्यलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.