सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपहिराबाट विस्थापित परिवारलाई आवास निर्माणमा अनुदान


  •    न्युजभित्तो/९ आश्विन २०७८, शनिबार १५:१४ 
  • मनाङ, ९ असोज । गत असार १ मा आएको बाढीपहिराका कारण विस्थापित भएको लाभग्राहीको व्यवस्थापन गर्ने भएको छ । निजी आवासमा क्षति पुगेर लामो समयसम्म विस्थापित भएका मनाङका बाढीपहिरा पीडितको व्यवस्थापन गरिने भएको बताइएको छ ।

    पूर्ण तथा आंशिक क्षति भएका र अन्यत्र घरबास नभएका लाभग्राहीलाई अनुदान दिएर व्यवस्थापन गर्ने भएको विपद् व्यवस्थापन समिति एवं प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि– २०७७ बमोजिम चामेका नौ घरपरिवारलाई अनुदान दिने भएको उहाँले बताउनुभयो ।

    सदरमुकाम चामेका बाढीपहिरा पीडित नौ जनालाई निजी आवास पुनर्निर्माणका लागि अनुदान दिने भएको हो । निजी आवासमा पूर्ण र आंशिक क्षति पुगेका बाढीपहिरा पीडितलाई पुनर्निर्माण तथा प्रवलीकरण गर्न अनुदान दिने निर्णय भएबमोजिम कागजातसहित आउन भनिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।

    बाढीले पूर्ण क्षति पुगेका चामेका छ जना र आंशिक तीन जना गरी नौ जनाको निजी आवास पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँ सिफारिस पठाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरा पीडित दुई जनालाई पुनःस्थापना गर्नुपर्ने रहेका छन् । पुनःस्थापना गर्नुपर्ने लाभग्राहीलाई पूर्ण क्षति भएको निजी आवास निर्माणका लागि पाँच लाख, जग्गाप्राप्तिका लागि तीन लाख र अस्थायी आवास निर्माणका निम्ति ५० हजार दिने निर्णय गरिएको अध्यक्ष घलेले बताउनुभयो ।

    पूर्ण क्षति भएका पाँच घरपरिवारलाई पाँच÷पाँच लाख र अस्थायी आवास निर्माणका लागि ५० हजार गरी कूल रु पाँच लाख ५० हजार उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।
    पूर्ण तथा आंशिक क्षति भएर नासो गाउँपालिकाका विस्थापित ७९ घरपरिवारलाई प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लाभग्राहीलाई छुट्टाछुट्टै वर्गीकरण गरी अनुदान व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष घलेले जानकारी दिनुभयो । त्यस्तै बाढीपहिराले चामेको लोकप्रिय माविको विज्ञान प्रयोगशाला, भोजन कक्ष, कार्यालय कक्ष, तीन वटा कक्षाकोठा, छ वटा शिक्षक आवास तथा फर्निचर, विद्यालयको दक्षिणतर्फ १५० मिटर क्षेत्रमा तटबन्ध गर्नका लागि रु तीन करोड ३० लाख १८ हजार ७०८ लाग्ने अनुमानित लागत गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा मर्मत तथा निर्माणका लागि सिफारिस गरिएको छ ।

    त्यसैगरी मस्र्याङ्दी नदीमा आएको बाढीले नासो–१ तालगाउँस्थित भानु माविको भवन पूर्ण क्षति र फर्निचर सबै बगाएको र नासो–५ प्रकाशज्योति माविमा क्षति पु¥याएको र पुनर्निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा सिफारिस गरिएको प्रजिअ लामिछानेले बताउनुभयो ।
    बेंसीशहर–चामे सडक खण्डअन्तर्गतको म्यार्दी भिरदेखि चामेसम्म ठेक्का परेको भागबाहेक दोहोरो भुक्तानी नहुने गरी बाँकी सडकमा ढलान गर्ने, पक्की पुल तथा बेलिब्रिज निर्माण गर्न डुम्रे–बेंसीशहर–चामे सडक आयोजना लमजुङलाई छिटो गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

    त्यस्तै चामे–खाङ्सारअन्तर्गतको स्वर्गद्वारीसम्मको सडकखण्ड मर्मतका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गरिएकामा निर्माण थालनी नभएकाले छिटो गर्न सिफारिस गर्ने उहाँले बताउनुभयो । सदरमुकाम चामेमा नदी कटानबाट मानवबस्ती भएको जोखिम र थप जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक तटबन्ध निर्माण गर्न सङ्घीय सरकार ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा सिफारिस गरिएको छ । जिल्लाका विपद् प्रभावित निजी आवास पुनर्निर्माण नियमावलीअनुसार अनुदान उपलब्ध गराउन कागजातसहित पठाइएको छ ।

    त्यसैगरी जिल्लाका सम्पूर्ण निजी तथा सामुदायिक भौतिक संरचना निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिस गरिएको छ । जिल्लाका स्वास्थ्य चौकी, इलाका प्रहरी चौकी, मनाङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्ने नासो गाउँपालिका–५ स्थित लमजुङ रादी जलविद्युत् आयोजनादेखि स्याक्यु सबस्टेशनको तत्काल मर्मतका लागि अनुरोध गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.