सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका कारागार तथा थुनुवा कक्षका लागि पुस्तक सङ्कलन


  •    न्युजभित्तो/९ आश्विन २०७८, शनिबार १४:१४ 
  • चितवन, ९ असोज । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो ।

    कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र पिटुसिटुमा पुस्तक राख्नका लागि सङ्कलन कार्यक्रम सञ्चालन गरिएको हो । पुल्चोक, चौबिसकोठी, केन्द्रीय बस ट्रमिनलमा पुस्तक सङ्कलन गरिनेछ । कार्यक्रम आजदेखि यही १६ गतेसम्म सञ्चालन हुनेछ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सङ्कलित पुस्तकले कैदीबन्दी र सडक बालबालिका लाभान्वित हुने बताउनुभयो । पिटुसिटुमा सडक बालबालिका आवासीयरुपमा राखेर अध्ययन अध्यापन गराइँदै आइएको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना खरेलको सभापतित्वमा भएको शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, कार्यक्रम संयोजक अर्जुन अधिकारीले पुस्तक सङ्कलनबाट हुने फाइदाका विषयमा जानकारी गराउनुभएको थियो ।

    सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रकाश अधिकारीले अभियानको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले आफ्नो प्रकाशन र पसलमा रहेका उत्कृष्ट पुस्तक प्रमुख जिल्ला अधिकारी तामाङलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा नेपाल पत्रकार महासङ्घका सदस्यले लेखेका पुस्तक सापकोटामार्फत यस अभियानमा सङ्कलन गरिने जानकारी गराइएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.