सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुम्लामा १८ वर्षमाथिका एकचालिस हजारलाई कोरोनाविरुद्धको खोप


  •    न्युजभित्तो/९ आश्विन २०७८, शनिबार १२:०१ 
  • खलङ्गा,९ असोज । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ ।
    जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो ।
    यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिएको र आठवटै स्थानीय तहमा दुई चरणमा खोप लगाउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर ५४७ स्वयंसेविका परिचालन गरिएको उहाँको भनाइ थियो । कार्यालयका अनुसार जिल्लाभरका ३० स्वास्थ्य चौकी, ३२ खोप केन्द्र र कर्णाली प्रतिष्ठानबाट खोप दिन हाल ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ ।
    जिल्लाभर २४ हजार ६४८ जनाले खोप लगाएकामा १९ हजार ८४७ ले दोस्रो मात्रा लगाइसकेका छन् । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सबै नागरिकलाई खोपको पहुँच पु¥याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.