सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनापछि खुलेका होटलका चाडपर्व लक्षित योजना


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १६:४४ 
  • काठमाडौँ, ८ असोज । शरद ऋतुको मनोरम मौसम तथा चाडपर्वमा पारिवारिक जमघटका साथ मनोरञ्जन लिने चाहना कसलाई पो नहोला र रु यदि तपाईं पनि यस्तो योजनामा हुनुहुन्छ भने त्यसका लागि तयारी गर्दा हुन्छ । नेपालमा दसैँ तिहार लगायतका चाडपर्व नजिकिँदै गरेकाले राजधानीका होटलले पनि यस्ता प्याकेज ल्याएका छन् ।

    कोरोना महामारीका कारण बन्द भएका होटल भर्खरै जस्तो खुल्न लागेकाले पारिवारिक जमघटका साथै अन्य विभिन्न प्याकेज ती होटलले घोषणा गरिरहेका छन् । साथै नेपालका ठूला चाडपर्व नजिकएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उनीहरु विभिन्न आकर्षक कार्यक्रम दिएका छन् । यसबाट नेपालमा कोरोना महामारीबाट थला परेको पर्यटनलाई थोरै मात्र भए पनि उकास्न सहयोग पुग्ने यस क्षेत्रको तर्क छ ।

    यस्तै एउटा होटल हो रमादा इनकोर । यस होटलले नजिकिएको दसैँ तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै विशेष पारिवारिक योजना ल्याएको छ । अमेरिकी ब्राण्डको ठमेलस्थित चेन होटल रमादा इन्कोर बाइ विन्धम काठमाडौँले दसैँ तिहारको छुट्टीको अवसर सदुपयोग गर्ने पारिवारिक वातावरण बनाइएको र त्यस्तै कार्यक्रमहरु ल्याइएको बताएको छ ।

    होटलको योजनाअनुसार व्यक्तिगत तथा दम्पतीहरुका लागि विशेष सुविधासहितका प्योकजहरु ल्याएको जनाएको छ । होटलका आगन्तुकले रुफ–टप इन्फिनिटी स्विमिङ पुलको मज्जा लिनसक्ने र फिटनेस सेन्टरको मज्जा लिन पनि सक्नेछन् ।

    विदेशी तथा आन्तरिक पर्यटकका लागि सो होटलले छुट्टाछट्टै कार्यक्रम ल्याएको जनाएको छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको होटलका महाप्रबन्धक महेश फुयाँलले बताउनुभयो । आजदेखि सुरु भएको यो प्याकेज मङ्सिर १४ गतेसम्म उपलब्ध हुने उहाँले बताउनुभयो ।

    कोभिड–१९ महामारीको जोखिम कम भएसँगै नेपालमा विस्तारै पर्यटकीय गतिविधि पनि चलायमान हुने वातावरण बनेको । सरकारले नेपाल आउने विदेशी पर्यटकलाई सर्तसहित ‘अनअराइभल भिसा’ खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशी नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै पर्यटक आगमनलाई सहज बनाएको हो । यो व्यवस्थाले पर्यटक आगमन सहज हुनेछ ।

    शरद ऋतुमा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आउछन् । यो वर्ष आगामी नोभेम्बर महिनमा गैर आवासीय नेपाली सङ्घ ९एनआरएन० को विश्वसम्मेलन तथा अधिवेशन हुँदैछ ।

    विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सुविधा दिनेगरी नेपालमा चेन होटल धमाधम खुलिरहेका छन् । निर्माणाधीन चेन होटल शेराटन, हिल्टनलगायतले पनि छिट्टै सेवा सुरु गर्नेगरी काम अघि बढाएका छन् ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२० को पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

    रमादा होटलले रु छ हजारमा यस्तो प्याकेज दिइएको जनाएको छ । यसअन्तर्गत विविध सुविधा उपलब्ध गराइएको छ । करिब रु साढे दुई अर्ब लगानी रहेको उक्त होटल चार रोपनी क्षेत्रफलमा छ । नेपालमा डालिया इन्भेस्टमेन्ट ग्रुपले सो होटल हालै सञ्चालनमा ल्याएको हो ।

    यसअघि माल्दिभ्स, मोरक्को, दुबई, दक्षिण अफ्रिकासम्मको १८ वर्ष अन्तर्राष्ट्रिय अनुभव बोकेका एक्जुकेटिभ सेफ नारायण रानाले आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय अनुभव संगालेर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ खानाको स्वाद पस्किने गर्नुभएको छ । यस डालिया इन्भेस्टमेन्ट ग्रुपले पोखरामामा डालिया बुटिक होटल पनि सञ्चालन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.