सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १४:२२ 
  • वाग्मती, ८ असोज । हेटाँैडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । रु १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । पाँच तले भवन आज एक समारोहबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडालाई हस्तान्तरण गरिएको छ ।

    विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण भएपनि नयाँ भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको मकवानपुर जिल्ला आयोजना कार्यान्वयन इकाइले सो भवन निर्माण गरी आज हस्तान्तरण गरेको कार्यालयका प्रमुख इन्जिनियर तुलसीराम खर्वुजाले जानकारी दिनुभयो । भवन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाललाई हस्तान्तरण गरिएको हो ।

    निमार्णको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै सो भवन निर्माण गरेको खर्वुजाले बताउनुभयो । सो भवनमा ५२ कोठा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
    • भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ: प्रधानमन्त्री शाह
    • गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
    • सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.