सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाज कल्याण परिषद्का पदाधिकारीहरूको सामूहिक राजीनामा


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १३:५५ 
  • काठमाडौँ, ८ असोज । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।

    परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् । समाज कल्याण परिषद्का उपाध्यक्ष डा। पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको बताए ।

    खतिवडाले भने, ‘राजीनामा दिनुको कारण भनेको हामीलाई काम गर्न दिने वातावरण नै बन्द हुनु नै हो । किनभने परिषद्ले आफ्नो बजेट बनाउनु पर्‍यो । त्यसका लागि हामीले प्रधानमन्त्रीलाई एक चौथाइ भए पनि बजेट निकासा गरिदिन आग्रह गयौँ, तर उहाँले मान्नुभएन । अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको थियो, उनीहरूको म्याद थप गरौँ भन्दा पनि उहाँहरूले आफूनिकटको मान्छेको मात्रै म्याद थप गर्न मान्नुभयो । उहाँहरूले व्यक्ति तोकेर म्याद थप गर्ने र नगर्ने लिष्ट पठाउनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौंँ ।’

    उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको र राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो । खतिवडाले भने, ‘हामीलाई विभिन्न बहाना बनाएर पटक पटक दुख दिने, यो किन भयो र किन भएन भनेर पटक पटक बोलाउने, ह्यारेसमेण्ट गर्ने र राजीनामा दिएर मार्ग प्रशस्त गर्नुप–यो भनेर दबाब दिइरहे । अब काम गर्नलाई बजेट नदिने, कर्मचारीको म्याद थप नगर्ने र हामीलाई ह्यारेसमेण्ट गर्न थालेपछि सामूहिक राजीनामा बुझाएका हौँ ।’

    उपाध्यक्ष खतिवडाका अनुसार परिषद्मा राजनीतिक हस्तक्षेप बढेको र प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयबाट पटक पटक राजीनामाका लागि दबाब दिएपछि मार्ग प्रशस्त गरिदिएको हो । यसबारे थप जानकारी दिन असोज ८ गते शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको परिषद्ले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
    • भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ: प्रधानमन्त्री शाह
    • गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
    • सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.