सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरानो मेडिकल कलेजमा एकीकृत बहिरङ्ग सेवा सुरु


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १३:३९ 
  • चितवन,८ असोज । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा एकीकृत बहिरङ्ग सेवा शुरु गरिएको छ । बहिरङ्ग सेवामा जाने बिरामीले अब एकै ठाउँबाट सबै सेवा पाउने भएका हुन् ।

    कलेजका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरङ्ग विभागमा पुगेपछि सबै सेवा त्यहीँबाट पाउने छन् । उहाँले भन्नुभयो, “सेवाग्राहीले बिमा वा सःशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्नेलगायत सबै सेवा एकै ठाउँबाट पाउँछन् ।” वातानुकूलित कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ ।

    अस्पतालको सबै विभागमा बीचमा खुला ठूलो कक्ष रहेको छ । त्यहाँ बिरामी पालोका लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । त्यही कक्षबाट भिडियो एक्स–रे, एमआरआइ, सिटी, एक्स–रे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । निर्देशक प्रधानले भन्नुभयो, “नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन गरेका हौँ ।” उहाँका अनुसार भारतका ठूला अस्पतालमा यो सुविधा रहेको छ । हालसम्म नेपालमा अन्य अस्पतालले गर्न नसकेको काम आफूहरुले गरेको उहाँको दाबी छ ।

    अस्पतालमा ११ विभागका १९ वटा कक्ष तयार गरिएको छ । अस्पतालमा मेडिकलअन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलरलगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाँटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् ।

    ंहाल अस्पतालको बहिरङ्ग सेवामा दैनिक ६५० भन्दाबढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक तीन लाखभन्दा बढीलाई सेवा दिँदै आएको उहाँको भनाइ छ । २५ वर्षअघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजबाट दुई हजार २०० भन्दाबढी चिकित्सक उत्पादन भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.