सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँघरमा हराउन थाल्यो ढिकीजाँतो


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १२:१० 
  • लमजुङ, ८ असोज । गाउँगाउँका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन् ।

    दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय वृद्ध बुद्धिमान श्रेष्ठले आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताउनुभयो । ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायतका खानेकुरा ढिकीजाँतोमा कुट्ने र पिन्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आउनुभयो । उहाँलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा सङ्घर्ष गरिएका ती दिन समय कथाजस्तै लाग्ने गरेको छ ।

    उहाँका पालामा गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । पछिल्लो सयम ती साधन हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई कुनै बेलाको कथाजस्तै भएको हो । गाउँमा बिजुली बत्ती पनि आयो । साथै गाउँगाउँमा भित्रिएको आधुनिक मिलको प्रयोग हुन थाल्यो । पहिलाको जसरी जोस जाँगर पनि उमेरसँगै घटेपछि ढिकीजाँतो गर्न असम्भव हुन पुग्यो । युवापुस्ताले ढिंकीजाँतो बेवास्ता गर्न थालेपछि गाउँघरबाट लोप हुन पुगेको उहाँको भनाइ छ । तत्कालीन समयमा उहाँ मात्र होइन उहाँजस्तै वृद्धवृद्धाले समेत बिहान भाले बास्नेसाथ ढिंकी जाँतो गर्ने गर्दथ्यो । यसरी ढिकीजाँतोमा कुटेको र पिस्दा स्वाद पनि मिठो हुने गरेको बताइन्छ ।

    त्यस्तै बेँसीशहर नगरपालिका–२ नरुवालका ९३ वर्षीया लक्ष्मी रानाले भन्नुभयो, “हाम्रा पालामा सबैले घरमा ढिकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र कोदो पिन्ने मेसिन आयो, अहिले केलाइ चाइयो र ढिकीजाँतो ।” बुहारीचेलीले ढिकीजाँतो चलाएको आवाज, झिसमिसेमा भाले बासेको आवाज, जङ्गलमा वनभाले, च्याखुरा र चराचुरुङ्गी कराएको आवाज सुन्न पाइने संझिँदै आजकल त्यस्तो मौलिकता हराइसकेको उहाँको भनाइ छ ।” ढिकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद अहिले पनि आफ्नो जिब्रोमा झुन्डिइरहेको उहाँले बताउनुभयो ।

    सो गाउँमा करिब ११ वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै विस्तारै घट्दै जाने क्रममा तीन वर्षअघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले ।” ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नु पर्ने भएकाले गाउँलेले यस्ता परम्परागतका सामग्रीको प्रयोग गर्न छाडेको उहाँको भनाइ छ । विद्युतीय मेलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि धान कुटी नसकिने यहाँका स्थानीयको भनाइ छ ।

    पुराना पुस्ताले काम गर्न नसक्ने हुँदा नयाँ पुस्ताले परम्परागत ढिकीजाँतोको बेवास्ता गरी छिटो छरितोको लागि समेत धान कुट्ने विद्युतीय मेसिन नयाँ पुस्ताको प्राथमिकतामा परेसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका गाउँमा केही वर्षअघिसम्म गाउँमा प्रत्येक घरमा ढिकी थियो । जाँतो दुई थरी हुन्थ्यो । एकथरी मकै पिन्ने र अर्को थरी कोेदो पिन्ने । बिहानै सबैको घरमा ढिकीजाँतो चलाएको आवाज सुनिन्थ्यो तर अहिले गाउँबाट लोप भएको स्थानीय मोनिका घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो गाउँमा विद्युतीय मेसिन आयो अनि ढिकीजाँतोको प्रयोग गर्न छाडे ।

    ढिकीजाँतो कुटानीपिसानीका सामग्री मात्रै नभई नेपाली समाजको मौलिक संस्कृति र जनजीवनसँग सरोकार राख्ने पक्ष पनि हो । यस्ता परम्परागत मौलिक ढिकीजाँतोको संरक्षण गर्दै भावी पुस्तालाई देखाउनुपर्दछ । साथै यस जिल्ला पर्यटकीयस्थल भएकाले यस जिल्लामा आउने विदेशी तथा स्वदेशी पर्यटकको लागिसमेत ढिकीजाँतोमा कुटानीपिसानी गरेर बनाइएको मिठो स्वादिला विभिन्न परिकारले आकर्षित गर्नसकेमा पर्यटक वृद्धिमा समेत टेवा पुग्ने देखिन्छ । जिल्लाका दर्जनौँ गाउँमा सञ्चालित घरबासमा पर्यटक पुग्ने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
    • भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ: प्रधानमन्त्री शाह
    • गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
    • सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.