आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्छ : पूर्व गृहमन्त्री बादल
न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार ११:५८
भरतपुर, ८ असोज । पूर्व गृहमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीले निर्णय गरेमा प्रचण्ड र आफ्नो बीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको हो । उहाँले भन्नुभयो “यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।”
फरक प्रसंगमा उहाँले वर्तमान सरकार कालोधन संरक्षणमा लागेको बताउनुभयो । उहाँले सरकारले कालोधन, दलाल र पूँजीवादलाई सृदृढ गर्न खोजेको बताउनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको बताउँदै भन्नुभयो “यो लाईन भनेको पूँजीवादी लाईन हो, यसको नेतृत्व प्रचण्डले गरिरहनु भएको छ ।”
प्रचण्ड दक्षणपन्थी गैरराजनीतिक दिशातर्फ लागेको आरोप लगाउँदै थापाले भन्नुभयो “लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवाद विरुद्ध वर्तमान सरकार लागेको छ ।” पुष्पकमल दाहालले पार्टीको लाईन छोडेर गुटको नेतृत्व गरिरहेको बताउँदै उहाँले भन्नुभयो “पार्टीको लाइन भनेको राष्ट्रियता हो, समाजवाद हो, समृद्धि हो, लाईन मैले होइन, दाहालले छोड्नु भएको छ ।”
राष्ट्रियताका सवालमा नयाँ चुनौती खडा भईरहेको भन्दै उहाँले गृह मन्त्रालयले बोल्न नदिने, अर्थ मन्त्रालयले कालो धन संरक्षण गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “लिम्पियाधुरा र एमसिसिका विरुद्ध बोल्न नपाउनु लोकतन्त्र र राष्ट्रियता विरोधी लाईन हो ।” प्रचण्ड एक्लिदै गएको बताउँदै उहाँले भन्नुभयो “उहाँको अभिव्यक्तिले नै यो कुरा पुष्टि गरिसकेको छ ।”
सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लघन गरिरहेको भन्दै उहाँले भन्नुभयो “सभामुखले निष्पक्ष निर्णय गर्न सक्नु भएको छैन । एउटा पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिराख्नु भएको छ ।” अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसि) परिमार्जन गरेर पारित गर्नुपर्ने उहाँको धारणा थियो ।