सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार ११:५३ 
  • काठमाडौँ, ८ असोज । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्नुभएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो ।

    नयाँ बजेटका आश्रित यी दुई विधेयकलाई पनि राष्ट्रियसभाले पारित गरेपछि सङ्घीय संसद्बाट बजेट पारित हुन्छ । विनियोजन विधेयक २०७८ लाई भने राष्ट्रियसभाबाट बिहीबार नै पारित भएको थियो । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

    आजको बैठक पनि सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसदले उभिएर विरोध जनाएकाले अध्यक्ष तिमिल्सिनाले सांसद खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएकामा उहाँले सदाझैँ आज पनि आफूहरुको विरोध कायमै रहेकाले बैठकको कामकारबाही अगाडि नबढाउन आग्रह गर्नुभभएको थियो । राष्ट्रियसभाको आजको पहिलो बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.