सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कैलालीमा दशैं सुरक्षा योजना : १७३ ठाउँमा विशेष टोली, कुकुर र ड्रोनबाट निगरानी


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार ११:१५ 
  • धनगढी,८ असोज। कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागु गरिएको जानकारी दिए ।

    कैलाली जिल्लालाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र एक सय ७३ स्थानमा विशेष टोली परिचालन गरिएको उनले बताए । ‘हामीले प्रदेशको अस्थायी राजधानी समेत भएकाले धनगढी उपमहानगरपालिका एउटा र अन्य क्षेत्रलाई अर्को गरेर दुई भागमा बाँड्दै सुरक्षा योजना बनाएका छौं,’ अधिकारीले भने, ‘धनगढी उपमहानगरपालिकाका ५६ स्थानमा विशेष टोली परिचालन गरेका छौं । बाँकी ११७ भागमा पनि त्यहीअनुसार प्रबन्ध मिलाएका छौं ।’

    प्रहरीले त्रिनगर भन्सार नाकादेखि टीकापुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटेको छ ।

    सीमा नाकामा कुकुर परिचालन र ड्रोनबाट निगरानी

    चाडपर्वका बेला सीमा नाका र बैंक तथा वित्तीय संस्थाहरु हुने स्थानलाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ । सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको एसपी अधिकारीले बताए । ‘चाडपर्वका बेला सीमा क्षेत्रबाट लागुऔषध र विस्फोटक पदार्थ ओसारपसार गर्ने सम्भावना अन्य समयको भन्दा बढी हुन्छ,’ एसपी अधिकारीले भने, ‘त्यसलाई मध्यनजर गरेर हामीले कुकुरको प्रयोग गरेर चेकजाँच गर्छौं । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि पनि विशेष टोलीहरु परिचालन गरिनेछ ।’

    ड्रोन मार्फत समेत जिल्लाभर निगरानी बढाउँदै शान्ति सुरक्षा कायम गरेर शान्ति पूर्वक तरिकाले चाडपर्व मनाउने वातावरण सिर्जना गरिने प्रहरी बताउँछ ।

    सवारी दुर्घटना न्यूनीकरणका लागि चिसापानीदेखि अत्तरिया र अत्तरियादेखि फल्टुडेसम्म टाइम कार्ड लागु गरिने प्रहरीले जनाएको छ । चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिडको महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ ।

    चाडपर्वका बेला कैलाली जिल्लाभर झण्डै साढे ७ सय प्रहरी परिचालन गरिने बताउँदै प्रमुख प्रहरी उपरीक्षक अधिकारीले सोही हाराहारीमा सशस्त्र प्रहरी पनि परिचालन हुने बताए । ‘जिल्लाबासीलाई शान्तिपूर्ण तरिकाले चाडपर्व मनाउने वातावरण हामी बनाउँछौं,’ उनले भने, ‘अहिले परिचालन गरिएको जनशक्ति पर्याप्त भएन भने धनगढीमै रहेका प्रदेश प्रहरी कार्यालय, दंगा नियन्त्रण कार्यालय तथा सशस्त्र प्रहरी गणबाट थप जनशक्ति माग गर्दै आपसी समन्वयका माध्यमबाट शान्ति सुरक्षा कायम गर्छौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
    • भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ: प्रधानमन्त्री शाह
    • गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.