कात्तिक महिना भित्र ३३ प्रतिशत जनतालाई खोपः मन्त्री श्रेष्ठ
न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १०:०८
चितवन, ८ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कात्तिक महिना भित्र नेपालका ३३ प्रतिशत जनातालाई कोरोना बिरुद्धको पूर्ण खोप दिइसक्ने बताउनुभएको छ । आगामी चैत महिना भित्र पूर्ण खोप लगाई सक्ने गरि खोप ल्याउने तयारी गरिएको मन्त्री श्रेष्ठले वताउनुभयो । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले पहाडी जिल्लाहरुलाई पूर्ण खोप वनाउने गरि अहिले कार्यक्रम संञ्चालन गरिएको उहाँको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले १८ वर्ष माथिका बिद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाईएको छ।”
बालबालिकाका लागि आबश्यक पर्ने कोरोना बिरुद्धको खोप ल्याउने अन्तिम तयारी भईरहेको बताउनुभयो । दशैं अघि बालबालिकाका लागि १ लाख डोज खोप आउने बताउनुभयो ।
बालबालिकाहरुका लागि आबश्यक पर्ने मोडोनारा र फाइजर खोप ल्याउने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बालबालिकाका लागि आबश्यक मोडोनारा र फाईजर खोपको सुनिश्चितता भई सकेको छ । फाईजर खोप ल्याउने प्रकृया अन्तिम चरणमा पुगेको छ ।”दुबै खोप पुस–माघबाट ल्याउने काम सुरु हुने भन्दै उहाँले दशैं अघि आएको खोपलाई परिक्षणका लागि प्रयोग गरिने बताउनुभयो । उहाँले थप्नुभयो “यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी प्रयोग गर्ने भन्ने बिषयमा छलफल हुदैं छ ।”
फरक प्रसंगमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले चाँडैनै पूर्णता पाउने बताउनुभयो । सरकारले पूर्णता नपाउनुमा केही समस्या रहेको भन्दै उहाँले भन्नुभयो “साना समस्याहरु छन् । तीनलाई समाधान गरेर दशैं अघि सरकारले पूर्णता पाउँछ ।”सत्ता गठवन्धन संग मन्त्रीको नामावली माग भईसकेको उहाँको भनाई थियो ।
चितवनमा रहेका दुई अस्पतालको बिकास र गुणस्तरीय सेवाका लागि छलफल गरेर बिषेश किसिमका कार्यक्रमहरु ल्याउन सरकार लागेको उहाँको भनाई थियो । भरतपुर अस्पताल र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिहरुसंग छलफल गरि अल्पकालिन र दिर्घकालिन योजना वनाउन मन्त्रालय लागेको उहाँले जानकारी दिनुभयो ।