सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिशुलीमा कार खस्यो, कार सहित तीन बेपत्ता, एक घाईते


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार ०७:१४ 
  • चितवन ८ असोज । काठमाण्डौंबाट पोखरातर्फ जाँदै गरेको कार पृथ्वी राजमार्गको नाग्दीखोलास्थित त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाईते भएका छन् । बिहीबार (गए) राती ११ः४५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित सडकबाट कार अनियन्त्रित भई झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाईते हुनेमा पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ४६ वर्षिय रुद्रलाल सुवेदी रहनु भएको छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    कारमा पोखरा महानगरपालिका वडा नं. १७ बस्ने अन्दाजी ६० वर्षिय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल रहेका थिए । कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
    • भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ: प्रधानमन्त्री शाह
    • गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.