सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको आरोप : केपी ओली हिन्दु अतिवादी हुन्


  •    न्युजभित्तो/७ आश्विन २०७८, बिहीबार १६:२२ 
  • काठमाडौं,७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रण्चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् ।

    बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी नभएको जिकिर गरे ।

    ओली प्रवृत्तिबारे आफूले तत्कालिन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भने, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्र्सवादी होइन, यो सामन्ती हिन्दु अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । ‘ कम्युनिस्टले यस्तो काम गर्छ त ?’

    ओलीले महान नेता हुने अवसर गुमाएको पनि प्रचण्डले बताए ।

    ‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझादारी पालना गरेको भए । केपी ओली नेपालको इतिहासमा महान नेता हुने अवसर थियो’ उनले भने ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुुँदा अध्यक्ष र प्रधानमन्त्री पद ओली र आफूबीच आधा आधा समय बाँड्ने सहमति भएको पनि प्रचण्डले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.